काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकिएका क्षेत्रहरुमा बैंक तथा वित्तीय संस्थाहरुले गर्नुपर्ने ऋण लगानीमा कडाई गर्ने भएको छ ।
केन्द्रीय बैंकले तोकिएको क्षेत्रमा तोकिएको कर्जा लगानीका लागि समयसीमा नै तोकिदिएको हो ।
मौद्रिक नीतिमार्फत बैंकहरुले कृषिमा १५ प्रतिशत र उर्जामा १० प्रतिशत ऋण लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो । त्यसलाई सर्कुलरको रुपमा जारी गर्दै न्यूनतम सीमामा पुग्नका लागि आवश्यक विभिन्न वर्षका न्यूनतम सीमा नै तोकिदिएको हो ।
जसअनुसार २०८० असार मसान्तसम्म कृषिमा १५ प्रतिशत र २०८१ सम्ममा उर्जामा १० प्रतिशत लगानी पुर्याइसक्नुपर्नेछ । बैंकहरुले प्रत्येक वर्षको यी दुई क्षेत्रमा लगानी बढाउँदै जानुपर्नेछ । अहिलेको जस्तो अन्तिम वर्षमा एकैपटक लगानी बढाउँछौ भन्ने छुट पाइने छैन ।
सर्कुलरमा कृषिमा २०७८ असारमा ११ प्रतिशत, २०७९ असारमा १३ प्रतिशत र २०८० असारमा १५ प्रतिशत ऋण लगानी गर्नुपर्ने भनिएको छ ।
यस्तै, उर्जामा २०७८ असारमा ६ प्रतिशत, २०७९ असारमा ७ प्रतिशत, २०८० असारमा ९ प्रतिशत र २०८१ असारमा १० प्रतिशत लगानी पुर्याइसक्नुपर्ने भनिएको छ ।
बैंकहरुले २०८१ असारसम्ममा रु. १ करोडभन्दा कमका लघु, साना एवम् मझौला उद्यममा कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । यो सीमा पुर्याउने समेत समयतालिका तोकिएको छ । जसअनुसार रु. १ करोड मुनिका त्यस्ता कर्जा २०७८ असारमा ११ प्रतिशत, २०७९ मा १२ प्रतिशत, २०८० मा १४ र अर्को बर्ष १५ प्रतिशत पुर्याउनुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago