काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ तोलाको ९० हजार रुपैयाँ आसपास पुगेको छ।
यो साता कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १०० रुपैयाँ बढ्दै सुनको भाउ लगभग ९० हजार रुपैयाँ आसपास पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १०० रुपैयाँ बढ्दै शुक्रबार प्रतितोला छापावाल सुन ८९ हजार ९०० रुपैयाँ पुगेको छ भने तेजाबी सुन ८९ हजार ४६५ रुपैयाँ पुगेको छ। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च् पनि हो।
सुनको मूल्य हिजो बिहीबार स्थिर रहँदै प्रतितोला छापावाल सुन ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ३६५ रुपैयाँ कायम भएको थियो। गत बुधबार तोलामा १०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ८९ हजार ८०० रुपैयाँ र तेजाबी ८९ हजार ३६५ रुपैयाँ कायम भएको थियो।
सुनको मूल्य हिजो मंगलबार स्थिर रहँदै प्रतितोला छापावाल सुन ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८९ हजार २६५ रुपैयाँमै कारोबार भएको थियो। गत सोमबार तोलामा १०० रुपैयाँ प्रतितोला छापावाल सुन ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८९ हजार २६५ रुपैयाँ नै कायम भएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको थियो। उक्त दिन प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम भएको थियो।
शुक्रबार चाँदीको भाउ भने तोलाको ९३० रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19