काठमाण्डौ । विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबालाई बुधबारदेखि टोकियो एक्सचेन्जबाट हटाइएको छ ।

बुधबार मात्रै जापान इंक भनेर चिनिने  तोशिवाको टोकियोको स्टक एक्सचेन्जबाट  ७४ वर्ष लामो इतिहास समाप्त पार्ने गरि डिलिस्टङ(सूचीकरण खारेज) गरिएको छ।

एक दशकको लामो उथलपुथल र घोटाला पछि कम्पनी टाट पल्टिएको हो । आर्थिक घोटाला काण्डले गदौ जापानको सबैभन्दा ठूलो प्रतिष्ठित ब्रान्डहरू मध्ये एक तोशिवा पतन भएको छ। 

सन् २०१५ मा भएको आर्थिक घोटाला र अमेरिकी आणविक सहायक वेस्टिङहाउसबाट अर्बौं डलरको घाटा व्यहोर्नुपरेपछि केहि वर्षयतादेखि कम्पनी संकटमा फसेको थियो ।

कम्पनीको ८० प्रतिशत सेयर जापान इन्डस्ट्रियल पार्टनर्स (जेआईपी) को नेतृत्वमा लगानीकर्ताहरूको समूहले खरिद  गरेका  छन् । सो समूहले १४ बिलियन डलरमा अधिग्रहण गरेको समाचारमा उल्लेख  छ।
सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९ औं शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो । 

‘तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ’ कम्पनीले एक विज्ञप्ति निकालेर भनेको छ ।
जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको कम्पनीले प्रारम्भिक कालमा ल्यापटप, कम्प्युटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो । 
यद्यपि कम्पनीले आगामी दिनमा यसको नयाँ मालिकहरू मार्फत् कस्तो आकार लिन्छ भन्ने बारे चाहिं स्पष्ट छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारो शिमाडा, जो अधिग्रहणपछि पनि सोही भुमिकामा हुन्छन या हुँदैनन्, त्यो पनि स्प्ष्ट छैन। 

म्याक्वेरी क्यापिटल सेक्युरिटीजका जापान अनुसन्धानका प्रमुख डेमियन थोङका अनुसार यो सबै सन् २०१५ मा कम्पनीका विभिन्न विभागहरुमा आर्थिक घोटाला भएको प्रकाशमा आएको थियो ।

जसमा धेरै शीर्ष व्यवस्थापनहरु संलग्न थिए।कम्पनीको मुनाफा वास्तविकभन्दा कृत्रिम  रूपले बढाएको र देखाएको काण्डबारे सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता तोशिबा कम्पनीको मुनाफा १ अर्ब २२ करोड डलर (१ खर्ब ५१ अर्ब ८० करोड येन) बढी देखाएको एक अनुसन्धान प्रतिवेदनमा पाइएको थियो । -एजेन्सीहरु