काठमाण्डौ । जनता बैंकसँग मर्जरमा गएको राष्ट्रिय स्तरको विकास बैंक त्रिवेणी विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति गरेको छ । 

यो विकास बैंकले खूद नाफामा अघिल्लो वर्षका दोश्रो त्रैमासको तुलनामा १०२ प्रतिशतको हाराहारीमा वृद्धि गरेको हो । 

अघिल्लो वर्षको दोश्रो त्रैमासमा ५ करोड ५४ लाख  खूद नाफा आर्जन गरेको यो बैंकले यो वर्ष सोही अवधिमा ११ करोड १५ लाख कमाउन सफल भएको हो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । खूद ब्याज आम्दानी वृद्धि भई २६ करोड ४५ लाखको उचाईमा पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी १४ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

बैंकले यो अवधिमा ९ अर्ब ५९ करोड निक्षेप संकलन गरी ८ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८ अर्ब २६ करोड निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको संचालन मुनाफा १६ करोड ६७ लाख रुपैयाँ पुुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ८ करोड २० लाख मात्र थियो । 

बैंकको प्रोभिजनमा ३ करोड ५७ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २९ लाख रुपैयाँ उठाउन सफल भएको छ । बैंकको निस्क्रिय कर्जा १.७७ प्रतिशतबाट बढेर २.५९ प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको बार्षिकीकृत प्रति सेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा, प्रति सेयर नेटवर्थ ११९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.९३ गुणा, तरलता अनुपात २४.०९ प्रतिशत कायम भएको छ । 

दोश्रो त्रैमाससम्म बैंकको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।