काठमाण्डौ । कोरोनाभाइरसबाट बच्ने उपायहरुमध्ये एक हो नियमित हात धुुनुु । तर तपाई यो जानेर आश्चर्यमा पर्नुहुनेछ कि विश्वको कुल जनसंख्याको ठूलो हिस्सा नियमित रुपमा हात धुुने गर्दैन । यहाँसम्म कि अधिकांश मानिसहरु शौचालय गएपछि साबुुनपानीले हातसम्म धुुने गर्दैनन् । 

अमेरिकी न्युुज च्यानल फक्स न्युुजका प्रस्तोता पिट हेगसेथ आफ्नो विवादित अभिब्यक्तिका कारण सधैजसो चर्चाको केन्द्रमा रहने गर्छन । यस्तैमा हेगसेथले गत वर्ष “मैले पछिल्लो दश वर्षमा हात धोएको मलाई सम्झना छैन” भन्ने अभिव्यक्ति दिएर हंगामा मच्चाएका थिए । उनको यो अभिव्यक्तिले सबैको ध्यान खिचेको थियो । कतिपयले उनको यो अभिव्यक्तिले आफूहरुलाई घिन लागेको बताएका थिए । कतिपयले त एक दशकसम्म हात नधँुुदा हातमा कस्तो असर पर्छ भनेर लेख नै लेखेका थिए । 

यस्तो अभिव्यक्ति दिने हेगसेथ एक्ला सेलिब्रेटी भने होइनन् । सन् २०१५ मा अमेरिकी अभिनेत्री जेनिफर लरेन्सले आफू बाथरुममा गएपछि कहिल्यै हात नधुुने बताएकी थिइन् । उनको यस्तो बयानले त्यतिबेला निकै हंगामा मच्चाएको थियो । त्यही वर्ष अमेरिकी रिपब्लीकन पार्टीका उत्तरी क्यालोरिना राज्यका एकजना सिनेटरले रेष्टुुराँमा काम गर्ने कामदारहरुलाई पटक पटक हात धुुन दवाब दिनुु नियमको गलत दुुरुपयोग भएको बताएका थिए । 

दश वर्षको अवधिमा पक्कै पनि हात नधुुनेको संख्यामा कमी आएको हुुनसक्छ । जो मानिस शौचालय गएपछि नियमित रुपमा हात धुुन्छन्, उनीहरुले आफ्ना वरिपरि मानिसहरुले शौचालय गएपछि हात नधुुएको देखेका पनि हुुन सक्छन् । सन् २०१५ मा भएको एक अध्ययनका अनुुसार विश्वका करिब २६.२ प्रतिशत मानिस दिशा गरेपछि हात धुुने गर्दैनन् । 

लन्डन स्कुुल अफ हाइजेनिक एण्ड ट्रपिकल मेडिसिनका विशेषज्ञ रोबर्ट अंगर भन्छन्, “शौचालय गएपछि हात नधुुनुु एउटा आम बानी हो । म तपाइहरुलाई बताइदिउ कि हामी पच्चीस वर्षदेखि मानिसहरुलाई हात धुुनुु पर्छ भनेर प्रेरित गरिरहेका छौ । अहिले पनि यो नियमको पालना गर्ने मानिसहरु एकदमै कम रहेका छन् । यसको सबैभन्दा ठूलो कारण विश्वका अधिकांश मानिसहरुसँग हात धुुन आवश्यक पर्ने साबुुन, पानी जस्ता सुुविधाहरु नहुुनुु रहेको छ । विश्वका सबैभन्दा कम विकसित देशहरुका २७ प्रतिशत मानिसहरुसँग यस्ता सुुविधाहरु छैनन् । विश्व स्वास्थ्य संगठन र युुनिसेफले विश्वका करिब तीन अरब मानिसहरुसँग हात धुुने सुुविधा नरहेको अनुुमान लगाएका छन् । तर हात नधुुनु जस्तो अस्वस्थ र खराब बानीको सम्बन्ध केवल सेवाहरुको उपलब्धतासँग मात्रै जोडिएको छैन । 

विश्वका करिब आधा प्रतिशत जनसंख्या मात्रै शौचालय गएपछि हात धुुने गर्दछन् । यस्तो तथ्य थाहा पाएपछि तपाइ कोरोना अन्त्य भएपछि पनि हात मिलाउनुुको साटो स्थायी रुपमा नमस्कार गर्नुु हुुनेछ । यी आँकडाहरुले तपाइलाई अझै अचम्भित पार्ने छ जब तपाइले मानव इतिहासमा हात धुुनुुको आविष्कारले मानव जातिलाई बचाउन अहम भूमिका खेलेको तथ्य थाहा पाउनुुहुुन्छ । जस्तै अहिले विश्वका कयौं देश जस्तै बेलायतका जनताको औसत उमेर ८० वर्ष रहेको छ । जबकि सन् १८५० मा बेलायतको औसत उमेर ४० वर्ष हुुने गर्दथ्यो । यो त्यही समय थियो, जब हात धुुने बानीबारे प्रचार गर्न सुुरु गरिएको थियो । 

सन् २००६ मा गरिएको एक अध्ययन अनुुसार यदि नियमित रुपमा हात धुुने गरिए ६० प्रतिशत स्वासप्रस्वास सम्बन्धी ४४ प्रतिशत रोगहरु ६ प्रतिशतमा झर्ने गर्दछ । अहिले विश्वभर कोरोना संक्रमण फैलिएपछि वैज्ञानिकहरुले नियमित रुपमा हात धुुने बानी परेका देशहरुमा अन्य देशमा भन्दा न्युुन संक्रमण देखिएको बताएका छन् । आखिर के कारणले हामीमध्ये कयौं हात धुुनका लागि महंगो पर्ने सेनिटाइजर पनि किन्न पछि पर्र्दैनौ ? त्यस्तै अर्काथरी केही यस्ता मानिसहरु पनि छन्,  जसलाई सामान्य साबुुन पानीले पनि हात धुुन मुुश्किल पर्ने गर्दछ । 

हात नधुँुदा कोरोना संक्रमण फैलन्छ र टिभीको रिमोटमा पनि दिशाका किटाणुुहरु रहन सक्छन् भन्ने थाहा पाउँदा पनि केही मानिसहरु आफ्नो यो फोहारी बानीलाई कसरी छुुटाउन सक्छन ? यस्तो लाग्छ कि हात नधुुने बानी केवल अल्छीपनसँग मात्रै जोडिएको छैन । यो मानिसहरुमा रहेको अति आत्मविश्वासी सोचमा निर्भर हुुने गर्दछ । 

फेरि उनीहरुलाई कुुन बानीव्यहोराले घिन सिर्जना गर्न सक्छ । अन्य केही मनोवैज्ञानिक कारणहरु पनि छन्, जसले  मानिसहरुलाई सरसफाइमा ध्यान दिन र फोहोरी बानी त्याग्न बनाउने गर्दछ । 

अति आत्मविश्वासी बन्नबाट बच्ने 
अति आत्मविश्वासी बन्नुु हात नधुुने बानी पछाडिको कारण हो । धेरैजसो मानिसहरुले आफूलाई केही पनि हँुुदैन भन्ने सोच पालेर बसेका हुुन्छन् । उनीहरु आफू कहिल्यै बिरामी हुुनुपर्दैन भनेर सोच्ने गर्दछन् । यस्तै आत्मविश्वासका कारण मानिसहरु धुुम्रपान गर्ने गर्दछन् । 

मास्क र सामाजिक दुुरी पनि कायम नराख्ने चेष्टा गर्ने गर्दछन् । सन् २००९ मा स्वाइन फ्लुु फैलँदा एक विश्व विद्यालयमा गरिएको अध्ययनमा त्यहाँका अधिकांश विद्यार्थीहरुले आफूहरुलाई फ्लुुले असर नगर्ने भन्दै हात धुुने नगरेको बताएका थिए । नर्स र डाक्टरहरुमा पनि अक्सर यो बानी देखिने गरेको छ । 

सामाजिक सरोकारको भूमिका पनि अहम्
धेरैजसो देशहरुको संस्कृतिमा पनि हात धुुने बानीलाई लिएर नियमित जागरुकताको अलग अलग प्रभाव देख्न सकिन्छ । 

फ्रान्समा ६३ देशका ६४ हजार मानिसहरुमा गरिएको एक अध्ययनमा सहभागी चीन, जापान, दक्षिणकोरीया र नेदरल्याण्डका आधाभन्दा कम मानिसहरुले आफूहरुले नियमित रुपमा हात धुुने गरेको बताए । जब कि साउदी अरबका ९७ प्रतिशत मानिसहरुले शौचालय गएपछि नियमित रुपमा हात धुुने गरेका छन् । महिला र पुुरुषमा पनि यस्तो बानीलाई लिएर फरक अवस्था देखिएको छ । पुुरुषको तुुलनामा महिलाहरु सरसफाइमा बढी ध्यान दिने गरेका छन् । 

तार्किक भर्सेस प्रयोगात्मक सोंच 
अस्वस्थ बानीव्यहोरा र सरसफाई पछाडिको मनोविज्ञानलाई बुुझ्नुु यसकारण पनि आवश्यक पर्छ कि यसमाथि लाखौं जिन्दगीहरु निर्भर रहेका हुुन्छन् । धेरैजसो स्वास्थ्यकर्मीहरुमा पनि हात नधुुने बानी रहेको हुुन्छ । जब कि उनीहरुलाई आफ्नो यस्तो बानीले संक्रमण फैलन सक्छ भन्ने ज्ञान राम्रोसँग हुुन्छ । यस्तो थाहा पाउँदा पनि उनीहरु हात धुुनबाट पन्छिन खोज्छन् । यसको पछाडि अर्काे एक कारण पनि हुुनसक्छ र त्यो हो आफ्नो कर्तव्य प्रतिको इमान्दारिता । 

ब्राजिलमा आफ्नो कामप्रति जिम्मेवार हुुने मानिसहरुले आफूहरु नियमित रुपमा हात धुुने गरेको बताएका छन् । सरसफाइप्रति मानिसहरुलाई प्ररित गर्न अर्काे उपाय पनि महत्वपूर्ण बन्न सक्छ । र, त्यो हो घृणा । फोहोरी र अस्वस्थ बानीव्यहोरो अपनाउने मानिसहरुलाई घृणा गर्दा उनीहरुमा सरसफाइप्रति प्ररित गर्न सकिन्छ। 

-CNN