काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले सञ्चालनमा ल्याएको  झापाको दमकस्थित फाल्गुनन्दचोक वडा न. १ मा रहेको शाखाको एक समारोहका बीच पुस २० गते उद्घाटन गरिएको छ । 

बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले भव्य समारोहका बीच सो शाखाको उद्घाटन गरेका हुन् ।

सो समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारी दिए ।

हाल यो बैंकको मुलुकभर २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् । 

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।