काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले मंसिर ६ गते झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजार स्थित दमक शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

दमक शाखाको समुद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दीप प्रज्वलनका साथ गरेका थिए । शाखा उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरे ।

सो अवसरमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्व साधारणहरुले शुभकामना मन्तव्य व्यक्त गदैं उक्त शाखाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको चुक्तापुँजी रु. २ अर्ब ८४ करोड रहेको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ८४ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ ।