काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले झापाको दमक र पोखराको बगरमा स्थापित शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकले छुट्टा छुट्टै समारोहका बीच ती दुई शाखाको भव्य उद्घाटन गरेको हो।
झापाको दमक नगरपालिका वडा नं. ५, क्याम्पस मोडमा स्थापित शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओली माघ १३ गते उद्घाटन गरे ।
२०७५ भाद्र १६ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरेका थिए ।
यसैगरी बैंकले माघ ११ गते पोखरा महानगरपालिका वडा नं १, बगरस्थित बगर शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट उद्घाटन गराएको छ । २०७५ श्रावण २५ गतेबाट कारोबार सुरु भएको सो शाखाको उद्घाटन समारोहमा पौडेलले दुर्गम क्षेत्रमा बैंकको पहुँच पुर्याउने सरकार र केन्द्रीय बैंकको नीतिलाई साथ दिएकोमा बैंकलाई विशेष धन्यवाद दिएका थिए ।
हाल यो बैंकको मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।
बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago