काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले मंसिर १९ गते तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं ३, सफासडकस्थित दमौली शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । 

दमौली शाखाको समुद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले दीप प्रज्वलनका साथ गरेका थिए । 

सो अवसरमा विशेष अतिथिका रुपमा स्थानीय विकास अधिकारी भरतकुमार शर्मा रहेका थिए । कार्यक्रममा स्थानीय सरकारी निकायका अधिकारी, व्यापारी व्यवसायी, सर्वसाधारण लगायतको सहभागिता थियो । 

शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिइने बताए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहेको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब ४ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ ।