काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडको कन्सोर्टियम लिडमा अन्य २ वाणिज्य बैंक समेतले दरौदी १ जलविद्युत आयोजनामा १ अर्ब ३४ करोड ८० लाख ऋण लगानी गर्ने भएका छन् । 

कालिका ग्रुपअन्तर्गत डायमण्ड हाईड्रोपावर प्रा।लि.ले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौदी १ जलविद्युत आयोजनामा तीन बैंकले परियोजना कर्जाको वित्तीय व्यवस्थापन गरेका हुन् । 

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याणविक्रम पाँडेले बिहीबार हस्ताक्षर गरेका छन्।

आयोजनाको निर्माणलागत रु. १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जाको प्रदान गर्ने छन् । 

माथिल्लो दरौदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवद्र्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी एको टेलरेसको पानी र दरौंदीखोलामा २० मिटरको बाँधबाँधी १४।९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमबाट विद्युत गृहमा जडित फ्रान्सिस टरवाइन ९२वटा०को माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ । 

परियोजना प्रतिबेदनअनुसार आयोजनाबाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौताअनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ ।