काठमाण्डौ । जापानको एउटा प्रमुख डिपार्टमेन्टका कर्मचारीहरु बिहीबार आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरुको यस्तो आन्दोलन जापानमा दशकौँपछि पहिलोपटक देखिएको हो। 

व्यवस्थापन पक्षले डिपार्टमेन्ट स्टोर बेच्ने योजना बनाएपछि जापानको बुस्टिलङ जिल्लाको इकेबुकुरोस्थित सोगो एन्ड सिइबु डिपार्टमेन्ट स्टोरका करिब ९०० जना कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। यो डिपार्टमेन्ट स्टोर जापानकै ठूलो रिटेल सेभन एन्ड आईको एउटा युनिट हो। 

यो युनिटलाई सेभन एन्ड आईले यूएस फन्ड फोरर्टेस इन्भेस्टमेन्ट ग्रुपलाई बेच्न निर्णय गरेको छ। यो निर्णयको विरुद्धमा कर्मचारीहरु सडकमा आएका हुन्। कर्मचारीहरुले डिपोर्टमेन्ट स्टोरको व्यापार र कर्मचारीको रोजगारीलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। 

यो डिपार्टमेन्ट स्टार बेच्ने डिल शुक्रबार सकिँदैछ। सेभेन एन्ड आईले यो डिपार्टमेन्ट अहिले सहमति भएको भन्दा कममा ३० अर्ब येनमा बेच्न लागेको छ। यस्तो ९१.६ अर्ब येन ऋण पनि यही डिलअन्तर्गत डिपार्टमेन्ट स्टोर किन्ने पक्षले व्यहोर्ने सहमति भएको छ। 

फोरर्टेसले सोगो एन्ड सिइबुको व्यवस्थापनसँग मिलेर काम गर्न तयार रहेको जनाएको छ। थप २० अर्ब येन लगानी गरेर अर्का साझेदार योडोबासीसँग मिलेर सोगो एन्ड सिईबुको जीर्णोद्वारा गर्ने योजना रहेको फोरर्टेसले जनाएको छ। –एजेन्सी