काठमाण्डौ । दशैंको नाममा सबै पैसा नसक्नुु होला, कारण म्युुचुुअल फण्डमा लगानीको अवसर खुल्दैछ । दशैं बजेटलाई केही कटौति गरेरै भए पनि र फजूल खर्च कम गरेर थोरै मात्र बजेट जोगाउन सकियो भने म्युचुुअल फण्डमा लगानी गर्न पाइनेछ । म्युुचुुअल फण्डमा लगानी गर्नका लागि १ हजार भए पुुग्छ । घरका सबै परिवारका सदस्यले नै यो फण्डमा लगानी गर्न सकिनेछ ।  दशैंको दक्षिणाबापत संकलन भएको सानो रकम समेत सेयरको रुपमा यहाँ लगानी गर्न सकिन्छ । सेयर बजारको बिषयमा ज्ञान नभएकाहरुका लागि म्युुचुुअल फण्ड लगानीको राम्रो अवसर र ठाउँ पनि हो । 

दुुईवटा म्युुचुुअल फण्ड संचालन गरिसकेको सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धन र सिद्धार्थ बैंकको प्रायोजनमा आगामी असोज २५ गतेदेखि १ अर्ब २० करोड मूल्यको १० वर्षे बन्दमुखी सिद्धार्थ इक्वीटी फण्डमा लगानीको अवसर खुल्ने भएको हो । प्रति इकाई १० रुपैयाँको दरले यो फण्डले १२ करोड इकाईमा सर्वसाधारणले समेत लगानी गर्न पाउने गरी आइपीओ निश्कासन गर्ने भएको हो । 

आइपीओमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पनि भनेजति आवेदन नपरे कात्तिक ७ गतेलाई आवेदनका लागि अन्तिम समय तोकिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २४ लाख इकाईसम्ममा लगानी गर्न सक्नेछन् ।

कुल निश्कासित हुने इकाईमध्ये १ करोड ८० लाख इकाईमा सिद्धार्थ बैंकले लगानी गर्नेछ भने बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले लगानी गर्न पाउनेछन् । 

इच्छुुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको काठमाण्डौ, नक्सालस्थित मुख्य कार्यालय, सिद्धार्थ बैंकको देशभरका शाखा कार्यालय तथा आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्थाका शाखामा गएर आवेदन दिन सक्नेछन् । 

सिद्धार्थ क्यापिटलले यसअघि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम संचालन गरिरहेको छ ।