काठमाण्डौ । सर्वसाधारण तथा सम्पूर्ण देशबासी दशैंको रमझममा व्यस्त भए पनि सिटिजन्स बैंकले पनि उपत्यकाभित्र र बाहिरका केही शाखाबाट भने दशैंको टिकाको दिन समेत सेवा दिने घोषणा गरेको छ। 

बैंकले एक सूचना प्रकाशित गरी यस्तो घोषणा गरेको हो ।

बैंकले दशैं विदाको अवधिमा केही शाखाहरुबाट नगद काउण्टर सेवा उपलब्ध हुने बताएको हो। 

दशैं विदामा पर्ने असोज १८, १९, २० र २२ गते काठमाण्डौ उपत्यकाभित्रका दरबारमार्ग, न्यूरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी र भैंसेपाटीबाट सेवा लिन सकिनेछ । यस्तै, काठमाण्डौ बाहिरका विराटनगर, वीरगञ्ज, जनकपुर, नारायणघाट र पोखराका शाखाबाट समेत यी चार दिन नगद काउण्टरको सेवा लिन सकिनेछ । 

बैंकका अनुसार असोज २१ गते समेत काठमाण्डौका दुई शाखाबाट नगद काउण्टरको सेवा लिन सकिनेछ । यो दिन दरबारमार्ग र कुमारीपाटी शाखा खुल्लै रहनेछ । 

विदाको दिनमा तोकिएका शाखाहरुले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने बैंकले जनाएको छ ।