काठमाण्डौ । दसैँको पहिलो दिन घटस्थापनामा सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको हो। 

गत शनिबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।