काठमाण्डौ । पुस महिना लागेयता सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । पुसयता मात्रै सुन तोलामा १३ सय रुपैयाँले बढिसकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको चौथो दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । सुन प्रतितोला बुधबार छापावाल ७२ हजार ८०० र तेजाबी ७२ हजार ५०० कायम भएको छ ।

हिजो मंगलबार पनि सुनको भाउ एकैदिन तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७२ हजार २०० र तेजाबी सुन ७१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार पनि सुनको भाउ एकैदिन तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला छापावाल ७१ हजार ९०० रुपैयाँ र ७१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

सुनको भाउ पुस २ गतेदेखि पुस ६ गतेसम्म भने स्थिर रहँदै प्रतितोला छापावाल ७१ हजार ६०० रुपैयाँ र ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।