काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ फेरि ओरालो लागेको छ।
यो साता दुई दिन उकालो लागेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार भने तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड ८६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ गत आइतबार भने स्थिर रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19