काठमाण्डौ । दुई दिन स्थिर रहेको सुनको भाउ आज बुधबार उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ४५० रुपैयाँ कायम भएको छ।
यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा ४०० रुपैयाँ बढेको सुनको भाउ सोमबार र मंगलबार भने स्थिर रहेको थियो। गत आइतबार प्रतितोला फाइन गोल्ड ८६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार र मंगलबार भने भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ८६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
आज बुधबार चाँदीको तोलामा १० रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ। गत आइतबार स्थिर रहेको चाँदीको सोमबार र मंगलबार भने तोलामा ५÷५ रुपैयाँले बढेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19