काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार २ दिन बढेको सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ।
गत बुधबार तोलामा ३०० रुपैयाँ बढेको सुनको भाउ सोमबार र मंगलबार भने स्थिर रहेको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19