– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। पाँच कारोबार दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो।
अघिल्लो साता २०३७.९२ मा बन्द भएको बजार यो साता २०६८.२६ मा बन्द भएको छ। यो हिसाबले बजारमा ३०.३४ अंकले बढोत्तरी आएको छ। अघिल्लो साता भने बजारमा ७५.६३ अंकको गिरावट आएको थियो।
यो साताभरि बजारमा १० अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो साता ११ अर्ब ७० करोडबराबर भएको थियो। यो साता कारोबार सामान्य रुपमा गिरावट आएको छ।
प्राविधिक पक्ष
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा यो साता पनि मूल्य रेखाले ट्रेन्ड लाइनलाई काटेर माथि जान सकेको छैन। अघिल्लो साता मूल्यरेखाले ट्रेन्ड लाइनलाई माथिबाट काटेर तल झरेको थियो (हेर्नुहोस् कालो एरो)। योसँगै ट्रेन्डको रङ पनि रातो नै थियो।
इचिमोकूका आधारमा
इचिमोकूको आधारमा पनि यो साता सेयर बजारले प्रस्ट कुनै दिशा निर्धारण गर्न नसकेको देखिन्छ। मूल्यरेखाहरु क्लाउड पोजिसनभित्र नै रहेको र २६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखासँगै रहेका कारण बजार साइडवेजमा चलेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
यदि मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा माथि हुन्छन् र क्लाउडको रङ पनि रातोबाट हरियो हुन्छ भने बुलिस र यसको विपरीत भएमा बियरिस भएको बुझिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा यो साता मूल्यरेखाहरुले मध्य ब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा भने बुलिस क्रसओभर बनेको देखिन्छ। हिस्टोग्राम सकारात्मक छन्।
साप्ताहिक रुपमै आरएसआई न्यून विन्दु २७ बाट फर्केर हाल ४२ को विन्दुमा रहेको छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २०७१
घटेमा सपोर्ट
निष्कर्ष
अघिल्लो दुई साता गिरावट आएको बजारमा यो साता सुधार आएको छ। साप्ताहिक रुपमा भोलुममा भने कुनै सुधार आएको देखिँदैन। विभिन्न इन्डिकेटरले भने बजार साइडवेजमा चलेको देखिन्छ। बजारले घट्दा २००० को आसपास सपोर्ट लिएको छ। त्यसगरी बढ्दा यो साता बजारले २०८८ मा प्रतिरोध लिएको देखिन्छ।
दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा भने यसको मध्य ब्यान्ड २१०० को विन्दुमा बजारले कडा प्रतिरोध सामना गर्नसक्ने देखिन्छ। यदि आगामी साता भोलुमसहित यस विन्दुबाट माथि जान्छ भने बजारले अप ट्रेन्डको यात्रा तय गरेको बुझिनेछ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19