काठमाण्डौ । आज सेयर बजार दिनभर २००० माथि नै टिक्ने कोसिस गरिरहेको थियो। तर, अन्तिम समयमा बजार करिब २५ अंकले घटेर २००० भन्दा तल झरेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ। विभिन्न इन्डिकेटर इचिमोकू तथा सुपर ट्रेन्डमार्फत हेर्दा पनि बजार विस्तारै कमजोर बनेको देखिन्छ।
इचिमोकूमा बजारलाई हेर्दा मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा तल झरेका छन् (हेर्नुहोस् रातो एरो)। यसले बजारमा बिक्री दबाब परेको र पुनः पहिलेकै विन्दुतर्फ सपोर्ट लिन आउँदै गरेको देखिन्छ।
आज बजार करिब २ महिनापछि पुनः २००० को विन्दुभन्दा तल बन्द भएको छ। यसअघि २००० तल इन्ट्राडेमा कारोबार भए पनि बजार नै २००० भन्दा तल बन्द भने भएको थिएन।
सुपर ट्रेन्डमा पनि बजारमा बिक्रीचाप परेको र केही समय साइडवेज चल्न सक्ने देखिन्छ।
वान आवर टाइम फेरेममा बोलिंगरमार्फत हेर्दा आज बजारले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर तल झरेको छ। म्याक्डीमार्फत हेर्दा पनि बजार हिस्टोग्राम सकारात्मक रहे पनि छोटा–छोटा हुँदै गएको देखिन्छ। यसले बजार कमजोर बन्दै गरेको देखिन्छ।
बजारलाई आरएसआईमार्फत हेर्दा भने एकपटक ओभर सोल्ड जोनमा पुगरे ३६ को तहमा पुगेर बन्द भएको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा भने बजार कमजोर बनेको र बोलिंगरको तल्लो ब्यान्ड १९७० आसपासममा बलियो सपोर्ट लिन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago