Symbolic Photo
काठमाण्डौ । सवारी चापले दिनप्रतिदिन आक्रान्त बन्दै गएका सार्क मुलुकहरुमध्ये एउटा मुलुकमा अबको दुई वर्षभित्रै उड्ने कार उत्पादन हुने सम्भावना देखिएको छ ।
डच कम्पनी पाल–वीले आफ्नो उड्ने कारको उत्पादन भारतको गुजरातमा सुरु गर्ने सम्भावना देखिएको हो । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले गत साता कम्पनीका सीईओ रोबर्ट डिन्जेमेन्सलाई आफ्नो राज्यमा लगानी गर्न आमन्त्रित गरेका थिए । कम्पनीले पनि एसियाली बजारमा उड्ने कार उत्पादन गर्नका लागि योग्य ठाउँ खोजिरहेको छ ।
चालु आर्थिक वर्षको सुरुआतमा भएको वाइब्रेन्ट गुजरात समिटमा सहभागी डच प्रतिनिधिमण्डमा डिन्जेमेन्स पनि सामेल थिए । उनले सन् २०२१ सम्म भारतमा उड्ने कार बनाएर बिक्री गर्न सकिने सम्भावना दर्शाएका थिए । कम्पनीले भारतमा यो क्षेत्रमा कुशल साझेदारका साथ मिलेर कार उत्पादन गर्ने घोषणा समिटमा गरेको थियो ।
उद्योग सूत्रका अनुसार गुजरात सरकारले डच कम्पनीलाई लगानीको सन्दर्भमा राम्ररी जानकारी गराएको थियो । यद्यपि कम्पनीले भारत अन्य राज्यमा पनि उड्ने कार उत्पादनका लागि सर्भेक्षण गरिरहेको छ। तर गुजरातका लागि डच कम्पनी निकै सकारात्मक नै रहेको समाचार स्रोतहरु बताउँछन् । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19