काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य अजेन्डासहित दुई वाणिज्य बैंकसहित आठ कम्पनीले भोलि पुस २८ गते वार्षिक साधारण डोकेका छन्।
लक्ष्मी बैंक र नेपाल एसबीआई बैंकसहित साना किसान लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, बुटवल पावर कम्पनी र ङादी ग्रुप पावरको भोलि मंगलबार वार्षिक साधारणभा हुन भएको हो।
लक्ष्मी बैंकले काठमाण्डौको हात्तीसारस्थित आफ्नो प्रधान कार्यालय बिहान ११ः३० बजे साधारणसभा डाकेको छ। सभाले ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांशसहित कुल ११.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
यसैगरी नेपाल एसबिआई बैंकले काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे साधारणसभा बोलाएको छ। सभाले कुल ९.४७ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश छन्।
साना किसान र वोमी लघुवित्तको भोलि नै वार्षिक साधारणभा हुँदैछ। साना किसानले काठमाण्डौको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा सभा बोलाएको छ। सभाले २५ प्रतिशत बोनस सेयर र १.३१५ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
त्यस्तै वोमी लघुवित्तले काभ्रेको बनेपास्थित साँगा लहरिखर्क पार्टी प्यालेसमा बिहान ११ बजे सभा डाकेको छ। सभाले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
उता मेरो माइक्रोफाइनान्सले नुवाकोटको विदुरस्थित होटल वाटर टावरमा बिहान ११ बजे नै सभा आयोजना गर्दैछ। सभाले १६.९३९९ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
यसैगरी गहुेश्वरी मर्चेन्टले ललितपुरको हरिहरभवन स्थित गुहेश्वरी भवनमा बिहान ११ बजे सभा आयोजना गर्नेछ। सभाले ८ प्रतिशत बोनस सेयर र ३.४० प्रतिशत नगद गरी कुल ११.४० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
जलविद्युत कम्पनीतर्फ भने बुटवल पावर र ङादी ग्रुप पावर कम्पनीले भोलि वार्षिक साधारणभास डाकेका छन्।
बुटवल पावरको काठमाण्डौस्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे साधारणसभा बोलाएको छ। सभाले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
ङादी ग्रुपले पनि काठमाण्डौको अनामनगरस्थित रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना गरेको छ। सभाले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभाश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारणसभाबाट अनुमोदन भएपछि यी सबै कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछन्।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago