काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको अवधिमा तीनवटा लघुवित्त संस्थालाई मर्ज गर्ने सफलता प्राप्त गरेको छ ।
मिर्मिरे लघुवित्तले नागबेली र स्वेडा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ । हालै भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई समेत प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
शनिवार यो कम्पनीले विशेष साधारणसभा बोलाई त्यहाँबाट बुद्ध ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । योसँगै मिर्मिरले २ वर्षको अवधिमा ३ वटा लघुवित्तलाई प्राप्ति गरी आफ्नो आकार ठूलो बनाउने सफ लता पाएको छ ।
मिर्मिरे लघुवित्त संस्थाका संचालक समिति अध्यक्ष टेकबहादुर बोहराले बुद्धज्योतिलाई १००ः७६ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्न विशेष प्रस्ताव पेश गरेका थिए । उनको प्रस्ताव ध्वनि मतसहित पारित भएको थियो ।
अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा वृद्धि गर्ने सफलता पाएको बताए ।
कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव पुष्कर राज जोशीले गरेका थिए । शभामा संस्थापक शेयरधनी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
बुद्धज्योतिलाई प्राप्ति पश्चात् मिर्मिरेको चुक्तापूँजी ५४ करोड १२ लाख पुग्नेछ । २०७९ आषाढ ३० को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलनतर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लामा १४८ वटा शाखा सञ्जालमार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19