काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ७१ करोड २८ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।
यो कम्पनीको चुक्तापूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले सेयरधनीलाई ५.६९ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।
बैंकको खूद नाफामा कोरोना प्रभाव परेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले १ अर्ब २३ करोड नाफा कमाएकोमा यो वर्ष घटेर १ अर्ब २२ करोडमा सीमित बन्न पुगेको छ ।
अघिल्लो वर्ष १ अर्ब ७६ करोड रुपैयाँ रहेको संचालन मुनाफा सामान्य घटी १ अर्ब ७५ करोडमा सीमित बन्न पुगेको छ भने २ अर्ब ८६ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर ३ अर्ब ६३ करोडको उचाई चुमाउन बैंक सफल देखिएको छ ।
कोरोना संकटका कारण प्रभिजनमा ठूलो रकम राख्नुपर्दा बैंकको नाफा हिट भएको देखिन्छ । यहीकारण समेत देव विकास बैंकलाई अक्वायर गरेको बैंकले उल्लेख्य प्रगति गर्न नसकेको हो ।
समीक्षा अवधिमा बैंकले १ खर्ब १६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७३ अर्ब २० करोड बढी निक्षेप संकलन गरी ७३ अर्ब १ करोड बढी कर्जा परिचालन गरेको थियो ।
बैंकले २ अर्ब ९ करोडमा सीमित रिजर्बको आकार बढाएर ३ अर्ब ८२ करोडको उचाई चुमाएको छ भने ०.९७ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर १.४१ प्रतिशत पुगेको छ । यो बैंकको खराब कर्जा बढ्नुमा कोरोना प्रभावका साथमा देवः विकास बैंकको खराब कर्जा थपिएका कारण पनि हो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, पीई रेसियो १४.५६ गुणा, प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago