काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभञ्ज्याङ्ग गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण गरिएको छ । 

स्थानान्तरण गरिएको सो शाखाको सोमबार एक समारोहका बीच विधिवत उद्घाटन गरियो ।

ग्राहक वर्गलाई थप सहज एवँ सरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस् भन्ने हेतुले सम्पूर्ण भौतिक पूर्वाधारयुक्त रहेको देवीघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको हो ।

सो शाखा स्थानान्तरण कार्यक्रमको बिधिवत् समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले गरे । सो अवसरमा पराजुलीले हाल कायम रहेको बृहत शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ्ग सेवाबाट ग्राहकहरुलाई सेवा दिइरहेको बताए । 

सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा सर्वसाधारणहरुको सहभागिता थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडले आप्mना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटीएम, एबीबिएस, मोवाइल बैकिंग, रेमिटान्स, लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा छरिएर रहेका ५१ वटा शाखा सञ्जालहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।