काठमाण्डौ । देवः विकास बैकको काठमाण्डौ–२२ नयाँ सडकमा रहेको कार्यालय भदौ ११ गते आइतबारदेखि साविक भवननजिकै रहेको नयाँ सडकको फ्रेस हाउस बिल्डिङमा स्थानान्तरण गरिएको छ ।
शाखा कार्यालयको नयाँ स्थानबाट प्रदान गरिने सेवाको काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोह बीच शुुभारम्भ गरे ।
बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा सुवर्णलाल बज्राचार्यको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिंदै यस क्षेत्रका आर्थिक गतिविधिलाई विस्तार गर्न सहज एवं सुविधाजनक रुपमा बैकिङ्क सेवा उपलब्ध गराउन बैक क्रियाशील रहेको बताए ।
विशेष मन्तव्य दिंदै काठमाण्डौका महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सर्वाङ्गिण विकासका लागि बैकिङ्क क्षेत्रले खेलेको भूूमिकाको चर्चा गर्दै देवः विकास बैकले नयाँ सडक शाखालाई अझ थप सुविधा सम्पन्न बनाएकोले खुशी व्यक्त गरे ।
सो अवसरमा काठमाण्डौ महानगरपालिका वडा नं.२२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नं. २५ का अध्यक्ष नीलकाजी शाक्यले पनि मन्तव्य राखेका थिए ।
यस बैकको आ.व २०७३/०७४ को असार मसान्तसम्ममा बैकले रु. १० अर्ब ४१ करोड निक्षेप संकलन तथा रु.९ अर्ब ५८ करोड कर्जा प्रवाह गरी आ.ब. २०७३/०७४ को अन्त्यसम्ममा रु.४१ करोड ८५ लाख संचालन मुनाफा आर्जन गर्न बैंक सफल छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19