काठमाण्डौ । देवः विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर र ०.९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको भदौ ११ गते बसेको बोर्ड बैठकले गत वर्षको नाफाबाट १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय राष्ट्रबैंक र कम्पनीको वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो बैंकले १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

देवः विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म २८ करोड ९४ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयरको पूँजीकरणपछि चुक्तापूँजी बढेर १ अर्ब ६९ करोडको उचाईमा पुुग्नेछ । 

हालै यो बैंकले साहारा विकास बैंकसँग प्राप्तिको सम्झौता गरेको छ । यो बैंकले युनियन फाइनान्स र साझा विकास बैंकलाई समेत प्राप्तिको प्रक्रियालाई जारी राखेको छ । यी तीनवटा साना कम्पनी गाभिएपछि यो बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड पुुग्ने अपेक्षा गरिएको छ ।