काठमाण्डौ । देवः विकास बैंकले आगामी वार्षिक साधारणसभाका लागि बुक क्लोजको मिति तोकेको छ । 

बैंकले आगामी कात्तिक २३ गतेदेखि २९ गतेसम्मलाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ देवः विकास बैंकको साधारणसभामा सहभागी हुन, यो बैंकले घोषणा गरेको लाभांश पाउन कात्तिक २२ गतेभित्र सेयर खरीद वा आफ्नो नाममा नामसारी गरिसक्नुपर्नेछ । 

देवः विकास बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । बोनस सेयर र नगद लाभांशको यो निर्णय आगामी साधारणसभाले पारित गर्नेछ । 

देव विकास बैंकको हालको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । १७.१ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर १ अर्ब ६९ करोडको उचाईमा पुुग्नेछ ।