काठमाण्डौ । जनता बैंक नेपाललाई गाभेपछि देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय सार्वजनिक गरेको छ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३७.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २२ करोड खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब २० करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।
दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।
त्यस्तै समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकले रिजर्भको आकार १२२.८७ प्रतिशतले बढाएको छ। गत वर्ष ३ अर्ब ३५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा बढेर ७ अर्ब ४८ करोड रुपैयाँको उचाइमा पुगेको छ।
ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमासिक तथा साविकको जनता बैंक नेपालको मर्जरको मितिसम्मको मुनाफासमेत गरी प्रतिसेयर आम्दानी (ईपीएस) २२.५३ रुपैयाँ र गत असार १९ गतेको बजारमूल्यका आधारमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने १३.१० गुणा रहेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago