काठमाण्डौ । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटिएम मसिन संचालनमा ल्याएको छ । 

समुद्रि सतहभन्दा ३,७९० मिटरको उचाइमा अवस्थित यस एटिएम, नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटिएम बन्न पुगेको बैंकको दाबी छ ।

नाम्चेबजार भन्दा माथि पहिलो पटक सिद्धार्थ बैंकको एटिएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न नाम्चेबजारसम्म गइरहनुपर्ने बाध्यता हटेको छ । त्यस्तै एटिएमको सञ्चालनले यस क्षेत्र लगायत एभरेष्ट बेस क्याम्प भ्रमण गर्न आउने पर्यटकहरुका लागि थप सुविधा पुग्ने बैंकले विश्वास लिएको छ ।

खुम्जुङमा सञ्चालनमा आएको यस एटिएसँगै सिद्धार्थ बैंककोे हाल देशभर १४२ एटीएम, १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा र १,२०० भन्दा बढी पस मेसिन संचालनमा छन् ।