काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ कीर्तिमान बनाउन थालेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १७ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै उच्च हो।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १६ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। जुन यसअघिको उच्च हो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।