काठमाण्डौ । हिजोआज युवापुस्तामा निकै तीव्रताका साथ मोबाइल फोनको क्रेज बढ्दै गएको छ । तर बढ्दो क्रेज उनीहरुको स्वास्थ्यका लागि निकै खतरनाक साबित भइरहेको छ ।
एकातिर मोबाइलले मानिसको जीवनी निकै सहज बनाइरहेको छ । अर्कोतर्फ हदभन्दा बढी मोबाइल प्रयोगले स्वास्थ्यमा हुने साइड इफेक्ट्सहरुका घटनाहरु पनि आइरहेका छन् ।
विश्वमा अहिले मोबाइलको बढ्दो प्रयोग र यसबाट हुने सम्भावित घटनाहरुका बारेमा दिनहुँजसो नयाँ–नयाँ अध्ययन अनुसन्धान भइरहेका छन् । हालैको एउटा अनुसन्धानले जसले एक दिनमा पाँच घन्टाभन्दा बढी स्मार्टफोनमा समय बिताउँछ उसमा क्यान्सर, डायबटिस, मोटोपन, मुटुमा समस्याजस्ता रोगको खतरा ज्यादै हुने सक्ने देखाएको छ ।
क्यालिफोर्नियाको सिमन बोलभर युनिभर्सिटीले हालै गरेको शोधका अनुसाधार दिनभर मोबाइल ५ घन्टा समय बिताउँदा विभिन्न खाले क्यान्सर, डायबटिज, मुटुको रोग, मोटोपनको खतरा ४३ प्रतिशत बढेको देखाएको छ । यसको मुख्य कारण भनेको मोबाइलमा लगातार समय बिताउँदा युवाहरु जिम नजाने तर खाना अत्यधिक खाने गर्छन् ।
शोधकर्ताले अनुसन्धानमा एक हजार ६० जना विद्यार्थीलाई समावेश गरेका थिए । जसमा सात सय छात्रा र तीन सय ६० छात्रा थिए । उनीहरुको उमेर औसतमा १९–२० थियो ।
अनुसन्धानबाट पत्ता लाग्यो कि दिनमा पाँच घन्टाभन्दा बढी मोबाइल फोन प्रयोग गर्ने ४३ प्रतिशत विद्यार्थीमा यी सम्भावित रोगको जोखिम पनि बढाइरहेका छन् ।
मोबाइल फोनमा धेरै समय बिताउने बालबालिकामा गतिहीन व्यवहार देखिने खतरा पनि बढ्दै गएको अनुसन्धानले देखाएको छ । त्यस्तै उनीहरुको शारीरिक विकासमा अप्रत्याशित नतिजा पनि देखिन थालेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago