काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । 

ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान गरिरहेको छ ।