काठमाण्डौ । देवः विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सामान्य  प्रगति गरेको छ । यो बैंकले १४ करोड ६ लाख नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १४ करोड ३ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकले ३१  करोड ४८ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २६ करोड २ लाखमा सीमित थियो ।

बैंकले यो अवधिमा १३ अर्ब ५० करोड निक्षेप संकलन गरी ११ अर्ब ८८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ९ अर्ब ७१ करोड निक्षेप संकलन गरी ८ अर्ब ३ करोड कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.७ प्रतिशत रहेको यस्तो कर्जा बढेर २.५६ प्रतिशतको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष २१ करोड ९९ लाख रुपैयाँ रहेको संचालन नाफा बढेर २२ करोड १० लाखको उचाईमा पुगेको छ भने ४२ करोड ८० लाख रुपैयाँ रहेको रिजर्ब कोषको आकार बढी ६० करोडको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.२७ गुणा कायम भएको छ ।