काठमाण्डौ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा भने १८.६० प्रतिशतले घटेको हो । गत वर्ष बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले वितरणयोग्य मुनाफा भने ६८ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा समीक्षा अवधिमा बढेर १३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २७.५७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.०५ रहेको छ ।