काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा ५८.४५ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । समीक्षा अवधिमा संस्थाले ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले ९ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिमा ६ करोड रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमासमा संस्थाले २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्ष यही अवधिमा १८ करोड १ लाख रुपैयाँ थियो। 

यो अवधिमा संस्थाले २ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार १०.६१ प्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिमा ४१ करोड ९० लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ४६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३०.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ रहेको छ ।