 
                     
                                
                             
                                    काठमाण्डौ । आईपीओ बिक्री गरेपछि पनि लामो समयदेखि धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउन नसकेको समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितीय विवरण पारित गरी हाल कायम चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ नगद लाभांश छन्।
प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
२०७७ असोज ५ गते समाज लुघवित्त र स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। आईपीओ बिक्री गरेर दोस्रो बजारमा कारोबारमा आउनै लागेको बेला समाज लघुवित्त मर्जर प्रक्रियामा गएको थियो।
लामो समयदेखि यी दुवै लघुवित्तबीचको मर्जर टुंगोमा लाग्ने सकेको थिएन। गत जेठमा भने दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया तोडिएको छ।
मर्जर प्रक्रिया भंग भएकोले सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा ल्याउन नियामकहरुसँग छलफल भइरहेको समाज लघुवित्तका एक अधिकारीले बताए। ‘छिट्टै सेयर कारोबारका विषयमा टुंगो लाग्नेछ’, उनले भने।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19