 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म करिब ६ लाखले आवेदन दिएका छन्।
कम्पनीले हिजो साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)का लागि कुल ९६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कम्पनीको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
सीडीएससीका अनुसार दोस्रो दिनसम्म ७२ लाख ७० हजार ११० कित्ताका लागि आवेदन परिसकेको छ। कम्पनीको आईपीओमा ५ लाख ९३ हजार ९०६ जना आवेदकले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १ अर्ब ८६ करोड ८४ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ।
इच्छुक आवेदकले सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19