काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ११.२७ अंकले घटेको छ ।

अघिल्लो कारोबार दिन आइतबार बजार ४७.७५ अंकले बढेको थियो ।यो दिन बजार घटेर १ हजार ८९६.६७ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१२ अंकले बढेर ३६२.६९ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २९० कम्पनीका ६० लाख १७ हजार ३९७ कित्ता सेयर १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ३५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जय सम्भु) भन्छन्,‘ साताको पहिलो दिन
बढेको बजार आज घट्नु सामान्य करेक्सन नै हो,लगानीकर्ताहरुमा मौद्रिक नीतिमा केहि फेरबदल आउने अपेक्षा छ,अब बजारले बाटो लिनलाई नीतिमै परिवर्तन आउनु पर्दछ ।बजारमा अरु सकारात्क विषयवस्तुहरु पनि छन् ।बैंकको नीतिगत र बैंक दर घट्दै जाँदा आधार दर पनि घट्दै गएको छ ।यसले ब्याज पनि घट्दै जाने देखिन्छ ।’ 

उनले लगानीकर्तामा चाहिं अझै पनि सरकार र नेपाल राष्ट्र बैंकप्रति विश्वास कम रहेको बताए ।

उनका अनुसार प्राविधिक रुपमा यो इलियटको वेभको दोस्रो वेभ नै रहेको मान्न सकिन्छ ।र फागुन या चैत महिनासम्ममा तेस्रो वेभ पुरा हुँदा बजार २ हजार ५०० विन्दुसम्म पुग्न सक्ने सम्भावना रहेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये व्यापार,लगानी,म्युचुअल फन्ड तथा होटल्स तथा टुरिजम समूह बाहेक अरु सबै समूह राताम्मे भएको छ ।
यो दिन सबैभन्दा बढी लगानी समूह ०.४९ प्रतिशतले बढेको छ  । यसैगरी दोस्रोमा व्यापार समूह ०.३७ प्रतिशतले बढेको छ  ।

यसैगरी, यो दिन सबैभन्दा बढी जीवन बीमा समूह ०.८९ प्रतिशतले घटेको छ । यसका साथै बैंकिङ समूह ०.८४ र उत्पादन तथा प्रशोधन समूह ०.८० प्रतिशतले घटेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सोनापुर मिनरल्स एण्ड आयलकोे सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक ७ करोड ७७ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी, दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६० लाखभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन अपर स्यांगे हाइड्रोपावरको सेयरमूल्यमा सकारात्क सर्किट लागेको छ । यसैगरी, यो दिन अभियान लघुवित्त वित्तीय संस्थाको सेयरभाउ ७.७२ प्रतिशतले सेयर भाउ उकालो लागेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला हाइड्रोपावकरो सेयरमूल्य पनि ७.४९ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै, यो दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरभाउ भने ८.०४ प्रतिशतले ओरोलो लागेको छ ।यसैगरी एनआईसी एशिया ब्यालेन्स्ड फन्डको इकाई ५.६८ प्रतिशतले ओरालो लागेको छ ।