काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन बुधबार सेयरबजार १७.२३ अंकले घटेर २ हजार ७०.८४ को विन्दुमा बन्द भएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२५ अंकले घटेर ३८७.०७ को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३०७ वटा कम्पनीका १ करोड४३ लाख ३७हजार ७३८कित्ता सेयर ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘बढेको बजारमा केहि करेक्सन आएको हो, यस्तो करेक्सन २ हजाररदेखि २ हजार ३० विन्दुसम्म हुन सक्दछ, अझै एक दुई ओटा करेक्सन आएर बजारले सुधारको बाटो लिन सक्छ किन कि ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।’
उनका अनुसार बजार घट्दा कारोबार पनि घट्नु सामान्य नै हो ।अर्का बजार जानकार दामोदर गजुरेल पनि आजको बजार घटाईलाई सामान्य करेक्सनको रुपमा लिन्छन् ।
उनी भन्छन्, ‘कारोबार र भोलुमले साथ दिएको अवस्था छ,विद्युत् प्राधिकरणले सिमेन्ट उद्योगको लाइन काटेपछि केहि उत्पादन समूहको सूचकमा गिरावट आएको कारण पनि बजार घट्न पुगेको हो ।तर पनि बजार पस्नेहरुका लागि भने यो राम्रो अवसर भने हो ।’
उनका अनुसार,अब बजारले गति लिएमा २ हजार ५०० विन्दुसम्मको स्वीङ आउन सक्दछ । किन कि सेक्टरवाइज रुपमा बजार चल्दै गएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये निर्जीवन बीमा र म्युचुअल फन्ड समूह बाहेक अरु सबै समूहमा रातो पोतिएको छ ।
यो दिन सबैभन्दा बढी व्यापार समूह २.३२ प्रतिशतले घटेको छ ।त्यसैगरी, उत्पादन तथा प्रोसेसिङ समूह १.८५ प्रतिशतले घटेको छ ।
यो दिन लगानी समूह पनि १.५६ प्रतिशतले घटेको छ। यसैगरी, यो दिन होटल एन्ड टुरिजम समूह १.५५ प्रतिशतले घटेको छ।
यसैगरी, यो दिन निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेको छ । त्यस्तै म्युचुअल फन्ड समूह ०.५३ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सकोे भएको छ। कम्पनीको १९ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, दोस्रोमा शिवम् सिमेन्टको १८ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
तेस्रोमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर बिक्रीभएको छ।
यसैगरी, हाथवे इन्भेष्टमेन्ट नेपालको १६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन ९ ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था,चिरख्वा हाइडेपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी र भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी,मुक्तिनाथ कृषि कम्पनी, माईखोला हाइड्रोपावर र त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, यो दिन बीपी डब्लू लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19