काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा कञ्नपुरको महेन्द्रनगर उपशाखा, धनगढी शाखा र लक्ष्मी उपशाखा कार्यालयमा ती कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्तालाई सम्मान पनि गरिएको थियो। 

कार्यक्रमको सञ्चालन धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले गरेका थिए।