काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले सोमबारदेखि धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु भएको छ । 

यो बैंकको ९४औं एटिएम हो । 

एक समारोहकाबीच धनगढी उप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरे । 

यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।

योसँगै बैंकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७ वटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखारहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सीमित बैंकिङ इकाई र ३ एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहेका छन् ।