काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले धनगढीमा प्रदेश नम्बर ७ को प्रादेशिक हेडक्वार्टर स्थापना गरेको छ ।
पुस २४ गते एक समारोहको आयोजना गरी प्रादेशिक कार्यालयको शुभारम्भ गरिएको हो ।
समारोहमा सो प्रदेशका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।
प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु बझाङ, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल रहेका छन् ।
प्रादेशिक कार्यालयले यो क्षेत्रको व्यापार बिस्तारको साथमा शाखाहरुसँग समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कामहरु गर्नेछ ।
प्रदेश नं ७ मा रहेका ९ जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच छ । यस प्रदेशमा बैंकले करिब २० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यसअघि बैंकले प्रदेश नम्बर १ को हेडक्वार्टर विराटनगरमा, २ को वीरगञ्जमा, ४ को पोखरामा, ५ को नेपालञ्जमा र ६ को सुर्खेतमा स्थापना गरी संचालनमा ल्याइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago