काठमाण्डौ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमीटेडले सुदुरपश्चिम प्रदेशस्थित त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।
मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले काठमाण्डौ बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक घिमिरेले गोलभेंडा तथा टपरी किनेर क्युआर कोडमार्फत उक्त सामानको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्शियल बैंकिङ्ग इतिहासमै पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एवम् मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago