काठमाण्डौ । आज अर्थात् कात्तिक कृष्ण द्वादशीको दिन धनतेरस परेको छ।
धनतेरसका दिन नेपालमा मात्र होइन एशियाली देशमा सुनचाँदी, असर्फीको कारोबार धेरै हुने गर्दछ ।आज सुनचाँदी तथा विभिन्न नयाँभाँडाकुडाँ तथा रत्न किनेर गृह प्रवेश गराउँदा धन बढ्ने र फलिफाप हुने धार्मिक मान्यता रहेको छ ।
यो दिन अलग- अलग धातुद्वारा निर्मित मालवस्तु खरीद गरेमा शुभमानिन्छ । तर आज यो श्रृंखलामा यसै अन्तरगत कमोडिटी मार्केट बारे जानकारी दिने प्रयास गरेका छौं । कमोडिटी मार्केट अन्तरगत सुनचाँदी, तामा जस्ता धातुको खरिदबिक्री गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।
हुन त नेपालमा कमोडिटी मार्केट बारे कमैलाई जानकारी रहेको पाइन्छ तर यो भारतलगायत विश्वव्यापी रुपमा प्रचिलित छ ।
अझ कतिपय लगानी विज्ञहरु त कमाएको १० प्रतिशत सुनचाँदीमा लगानी गर्नेपर्ने बताउँछन् ।
उनीहरु नेपालमा सेयरबजार मात्र होइन सुन र चाँदीमा पनि अवसर रहेको बताउँछन् । पूर्व बैंकर एवं एनआरएन डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले त एउटा अन्तरवार्तामा सुनचाँदीमा लगानी गर्ने हो भने आर्थिक अवसर प्रशस्त रहेको बताएका छन् । उनका अनुसार कुनै पनि व्यक्तिले मासिक आम्दानीको केही प्रतिशत सेयर बजार र केही प्रतिशत कमोडिटिज (सुन, चाँदी लगायत) मा लगानी गर्नुपर्छ । कम्तीमा पनि प्रत्येक वर्ष आम्दानीको १० प्रतिशत कमोडिटिजमा लगानी बढाउँदै लैजानु पर्दछ ।
साना लगानीकर्ताले कमोडिटी मार्केटमा लगानी बढाउनु पर्छ । सुनचाँदीको अन्तरराष्ट्रिय बजार त्यति घटबढ पनि भइरहेको हुँदैन । लगातार किनिरह्यो भने यसबाट फाइदा नै हुन्छ । विभिन्न अन्तरराष्ट्रिय सवालले गर्दा सुनचाँदीको उत्पादन कम भइरहेको हुन्छ । यो सबैको आवश्यकताको वस्तु पनि हो । कमोडिटिज मार्केटमा खासगरी दुई किसिमबाट लगानी गर्न सकिन्छ ।
कतिपयले सन्तुष्टिका लागि सुनचाँदी खरिद गर्छन् भने, कतिपयले विवाह, व्रतबन्ध वा छोराछोरीका अनिवार्य आवश्यकताको रुपमा खरिद गर्ने चलन छ । लगानीकै हिसाबले सुनचाँदीमा लगानी सुरक्षित मानिन्छ। कतिपयले सुनचाँदी गहनाको रूपमा खरिद गर्ने गर्छन् भने कतिपयले चाहिं यसको दाना वा ढिक्का नै खरिद गर्ने गर्दछन् ।
भारतमा चाहिं दुई वटा कमोडिटी एक्सचेञ्ज सञ्चालनमा छन् । जसमा मल्टि कमोडिटी एक्सचेन्ज अर्थात् एमसीएक्स र नेशनल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज अर्थात् एनसीडीईएक्स रहेका छन्। यी एक्सचेञ्जमा १०० ग्राम सुनको मूल्यमा १ किलो सुनको सम्झौता लिन सकिन्छ।
भारतमा दुई किसिमको कमोडिटी व्यापार हुने गरेको छ। एउटामा एग्री या सफ्ट कमोडिटी अन्तरगत सोयाबीन, मेथी, तेल, गहुँ, चना खरिदबिक्री हुन्छ । यसका साथै मसला अन्तरगत मरिच,धनिया, इलाइची, जीरा, बेसार तथा रातो खुर्सानीको पनि व्यापार हुन्छ ।
अर्को चाहिं नन-एग्री अर्थात् हार्ड कमोडिटी रहेको छ। यसअन्तरगत सुनचाँदी, तामा, जिंक, निकल, लेड, एल्युमिनियमको व्यापार हुने गरेको छ । यसको अतिरिक्त क्रूड आयल, नेचुरल ग्यास जस्ता चिजको पनि व्यापार हुन्छ ।
सेबीद्वारा कमोडिटी ट्रेडिंगको नियमन
भारतको सेक्युरिटीज एक्सचेन्ज बोर्ड(सेबी) ले कमोडिटी बजारको कारोबारलाई नियमन गर्छ। कमोडिटी डेरिभेटिभ मार्केट रेगुलेसन डिपार्टमेन्ट(सीडीएमआरडी) ले यसबारे दैनिक कार्यहरू हेर्छ। हालै मात्र सेबीले म्युचुअल फन्डलाई कमोडिटी डेरिभेटिभ खण्डमा व्यापार गर्न अनुमति दिएको छ।
कमोडिटी एक्सचेन्जको व्यापार समय सोमबारदेखि शुक्रबार बिहान १० बजेदेखि राती ११:३० बजेसम्म हुन्छ ।
नेपालमा पनि कमोडिटी मार्केट अर्थात वस्तु विनिमय बजार सञ्चालन गर्न तयारी भइरहेका छन्। केहि समयअघि नेपाल धितोपत्र बोर्डले दुई वटा कमोडिटी मार्केट मात्रै सञ्चालन गर्नेगरी आवेदन माग गरेको थियो।
देशको अर्थतन्त्रको आकार, उत्पादन हुने वस्तुहरु र कारोबार, बजार तथा लगानीकर्ताको हितलाई ध्यानमा राखेर नियामकले कमोडिटी मार्केट एक्सचेञ्ज सञ्चालन गर्ने गर्दछन् ।
नेपालमा दुई वटासम्म कमोडिटी मार्केट सञ्चालन गर्न सक्ने नीतिगत निर्णय रहेको छ ।यसअघि पहिलो चरणमा पाँच वटा आवेदन परे पनि सम्पूर्ण कागजात र विवरण कसैको पनि नपुगेपछि सबै आवेदन रद्द गरिएको थियो । वस्तु बिनिमयसम्वन्धी ऐन तथा नियमावलीले यस्तो मार्केट सञ्चालनका लागि आवश्यक पूर्वाधार, पूँजी, सेयर संरचना, कारोबार हुने वस्तु तथा करारसम्वन्धी स्पष्ट व्यवस्था गरेको छ।
वस्तु विनिमय बजारको चुक्तापूँजी कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्ने ऐनमा व्यवस्था छ। विदेशी पूँजी, सीप तथा प्रविधिको प्रयोग गरी बजार सञ्चालन गर्ने प्रयोजनको लागि रणनीतिक साझेदारको रुपमा विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा चुक्तापूँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लिन सक्ने व्यवस्था छ।
विद्युतीय कारोबार प्रणालीसहित आवश्यक पूर्वाधारहरु समेत तोकिएको छ। वस्तु विनिमय बजार सम्वन्धी नियमावली लागू भएपनि नेपालमा वस्तु विनिमय कारोबार हुन सकेको छैन।
के हो कमोडिटी मार्केट, कसरी हुन्छ कारोबार?
वस्तु विनिमय बजारमा पनि क्रेता र बिक्रेताहरु हुन्छन्। क्रेता र बिक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी वस्तुको करार गरिन्छ। सामान्यतया यस्तो बजारमा प्राकृतिक कच्चा (तयारी वस्तुबाहेक) धातु, ऊर्जा तथा कृषिजन्य वस्तुको कारोबार हुन्छ। सुन, चाँदी, तामा, कपास, कफी, कच्चा तेललगायत वस्तुको कारोबार हुन्छ।वस्तु किन्ने वा बेच्नेहरु दलाल कम्पनीहरुमार्फत जोडिन्छन्।
वस्तुहरूको माग र आपूर्तिको आधारमा मूल्य आविष्कार हुन्छ। यस्तो बजारबाट भौतिक रुपमै बस्तु खरिद वा बिक्री पनि गर्न सकिन्छ वा सो बराबरको मूल्य लेनदेन हुन्छ।
दलालले नै कारोबारको फस्र्यौट गर्दछ। दलालले वस्तु कारोबारको क्रममा प्राप्त गरेको रकम, वस्तु वा कागजात त्यसरी प्राप्त गरेकै दिन वा भोलिपल्टसम्म सम्बन्धित पक्षलाई बुझाउनु पर्नेछ।
करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात् वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन्। - एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago