काठमाण्डौ । संसारका अर्बपतिहरूलाई देखेर हरेक आम मानिस ऊजस्तै उचाइमा पुग्ने सपना देख्छन् । तर आफ्नो पैसा कसरी चलाउने ? जीवनमा अगाडि कसरी बढ्ने ? जस्ता सोचले एक अर्बपतिलाई एक सामान्य मानिसभन्दा फरक पारिदिन्छ ।
आफ्नो पैसाको प्रयोग कसरी गर्नुहुन्छ भन्ने कुरा तपाइँकै सोचसँग जोडिएको हुन्छ । अनुन्धानकर्ता स्टिभ सिबोल्डले विगत तीन दशकमा संसारका करिब १२ सय मानिससँग अन्तर्वार्ता लिए । उनले आफ्नो किताब ‘धनी मान्छे के सोच्छन्’ मा पैसाका विषयमा मानिसका सोच व्यक्त गरेका छन् ।
स्टिभ लेखकका साथसाथै सेल्स र म्यानेजमेन्ट ट्रनिङ पनि दिन्छन् । उनका ग्राहकमा जोनसन एन्ड जोन्सन, टोयोटालगातका ठूला कम्पनीका कर्मचारीहरु छन् ।
स्टिभको किताबमा लेखिएको कुरा ध्यानले पढ्ने हो भने उनले भनेका छन् कि एक औसत कमाइ गर्ने मानिस र धनी मानिसबीच सोच्ने तरिका कति फरक हुन्छ त ? यस विषयमा थप चर्चा गरौँ :
खुसी
धनी : धनी मानिस सोच्छन् कि हरेक खराब चिजको जड गरिबी हो ।
आम मानिस : आम मानिस सोच्छन् कि पैसा नै हरेक खराब चिजको जड हो ।
‘एक औसत कमाइ गर्ने मानिस सोच्छन् कि धनी मानिस भाग्यमानी वा बेमाइनी हुन्छन् । यो जगजाहेर नै छ कि पैसाले खुसीको ग्यारेन्टी दिँदैन तर उसको जिन्दगी सहज अवश्य बनाउँछ ।’
स्वार्थ
धनी : धनी मानिस सोच्छन् कि स्वार्थ एक विशेषता हो ।
आम मानिस : आम मानिस सोच्छन् कि स्वार्थ अधर्म हो ।
‘धनी मानिस खुलेर बाँच्छन् र आफूलाई खुसी राख्ने कोसिस गर्छन् । उनीहरु अरुका बारेमा सोच्दै सोच्दैनन् । यदि तपाइँ आफ्नो ध्यान राख्न सक्नुहुन्न भने अरुको भलाइ गर्ने स्थितिमा हुनुहुने छैन । तपाइँ त्यो चिज दिन सक्नुहुन्न जुन तपाइँसँग छँदैछैन ।’
दूरदर्शिता
धनी : धनी मानिस भविष्यका विषयमा सपना देख्छन् ।
आम मानिस ः आम मानिस पुराना राम्रा दिनका बारेमा सोच्छन् ।
‘जो मानिस यो सोच्छन् कि उसको राम्रा दिन बितिसकेको छ, ऊ कहिल्यै धनी बन्न सक्दैन, ऊ असफल र डिप्रेसनमा जान्छन् । सेल्फ मेड अर्बपति यो कारणले धनी बन्छन् कि उनीहरु आफूमा भरोसा गर्छन् । उनीहरु आफ्नो सपना, लक्ष्य र आइडिया भविष्यमा लगाउँछन् ।’
काम
धनी : धनी मानिस आफ्नो प्यासनको पछाडि लाग्छन् ।
आम मानिस : एक औसत कमाइ भएको मानिस पैसा कमाउन त्यो काम काम गर्छन् जुन उसलाई मन परेको हुँदैन ।
‘एक औसत मानिस यो मान्छन् कि धनी मानिस सधैँ काम गर्छन् जब कि संसारमा सबैभन्दा स्मार्ट स्ट्रयाटिजी यो हो कि तपाइँ त्यो काम गर्नुहोस् जुन तपाइँलाई मन पर्छ र तपाइँलाई राम्रो पैसा प्राप्त होस् ।’
लगानी
धनी : धनी मानिस अरुको पैसा प्रयोग गर्छन् ।
आम मानिस : एक औसत कमाइ भएको मानिस यो सोच्छन् कि पैसाले नै पैसा बनाउँछ ।
‘धनी मानिस यो कुरा जान्दछन् कि आफ्नो पैसाले सम्पन्न हुनु प्रासंगिक होइन, मुख्य प्रश्न यो हो कि त्यसका लागि कति खर्च गर्ने वा बचत गर्न योग्य छ ।
मौका
धनी : धनी मानिस कमाउनमै बढी ध्यान दिन्छन् ।
आम मानिस : एक औसत कमाउने मानिस बचतमा बढी ध्यान दिन्छ ।
‘धेरैजसो मानिस ससाना चिज जोड्नतिर लाग्छन् । उसको जीवन पैसा जोगाउनमै बित्छ । यस्तोमा थुप्रै अवसर तथा मौका हातबाट फुस्किन्छ । धनी मानिस आर्थिक संकटको समयमा यस्ता कुरामा ध्यान दिँदैनन् । उनीहरु आफ्नो पूरै तागत त्यो क्षेत्रमा लगाउँछन् जहाँ उनीहरुलाई लगानी लगाउनु छ र पैसा कमाउनु छ ।’ – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19