काठमाण्डौ । महालक्ष्मी विकास बैंकले प्रदेश-१ को सुनसरी जिल्लास्थित धरामा नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

भदौ २ गते सोमबारका दिन एक औपचारिक समारोहका बीच बैंकको धरान शाखा संचालनमा आएको हो । 

धरान उपमहानगरपालिका वडानम्बर ९ स्थित पुतली लाइनमा शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याइएको बैंकले जनाएको छ । 

योसहित बैंकको शाखा संख्या ९९ पुगेको छ । बैंकले हाल देशभर करिब ५ लाख ग्राहकहरुलाई बैंकिङ सेवा दिइरहेको छ ।