काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले साउन ३० गते बुधबार थप ३ वटा नयाँ शाखा बिस्तार गरेको छ ।
बैंकले धादिङका तीन स्थानमा शाखा बिस्तार गरेको हो ।
धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला र धुनिबेशी न.पा. वडा नं. ६, धार्केमा धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले र थाक्रे गाउँपालिकावडा नं.६, महादेवबेशीस्थित महादेवबेशी शाखाको सो गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
योसहित बैंकको देशभरका शाखा कार्यालयको संख्या २३७ पुगेको छ भने २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई बिस्तार भएका छन् । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago