काठमाण्डौ । धितोपत्र बोर्डले जनता क्यापिटल लिमीटेडलाई मर्चेन्ट बैंकरको काम गर्ने गरी स्वीकृति प्रदान गरेको छ ।

बोर्डले जनता बैंक नेपाल लिमीटेडको सतप्रतिशत लगानी रहेको जनता क्यापिटल लिमीटेडलाई धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर)को लाइसेन्स दिएको हो । 

संचालनको अनुमति पाएसँगै जनता क्यापिटल लिमीटेडले काठमाण्डौ वडानम्बर ११ स्थित थापाथलीमा आफ्नो मुख्य कार्यालय तथा अन्य आवश्यक पूर्वाधार समेत तयार गरिसकेको छ । 

जनता क्यापिटलले सेयरको निश्कासन तथा बिक्री प्रबन्ध, धितोपत्रको प्रत्याभूति, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापना र संस्थागत परामर्शको सेवा समेत प्रवाह गर्ने क्यापिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।