काठमाण्डौ । विश्वका शीर्ष धनाढ्यमध्येका एक एलन मस्कले धेरै सम्पत्ति गुमाउनेमा रेकर्ड बनाउँदै आएका छन्। 

पछिल्लो तथ्यांकअनुसार ट्विटरका सीईओ मस्कलाई फेरि एकैदिन १२.६ अर्ब डलर गुमाएका छन्। यो गिरावटको तुलनामा केही होइन। जब कि गत वर्ष उनको कुल सम्पत्ति २०० अर्ब डलरले घटिसकेको छ। 

मस्कको सम्पत्ति एकैदिन १२ अर्ब डलरभन्दा बढीले घटेको हो । उनले आफ्ना कम्पनीहरु स्पेसएक्स, ट्विटर र टेस्लाबाट निराशाजनक नतिजा पाएका छन्। 

ब्लुमबर्गको बिलियनियर्स इन्डेक्सका अनुसार मस्कको सम्पत्तिमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट आएको हो । पहिलो त्रैमासिकको निराशाजनक नतिजापछि टेस्लाको सेयर मूल्य ९.८ प्रतिशतले घटेको छ।

टेस्लाको सञ्चालन आम्दानी २०२३ को पहिलो त्रैमासमा २४ प्रतिशतले घटेर २.७ अर्ब डलरमा सीमित बनेको छ। किनकि एलन मस्कद्वारा सञ्चालित ईभी निर्माताले आफ्ना सवारीसाधनको मूल्य घटाउने क्रम जारी राखेको छ। 

टेस्लाको सेयरले यस वर्ष रिकभरी देखेको छ। तर, विगत ६ महिनाको तथ्यांक हेर्दा सेयर भने यो स्तरभन्दा तल चलिरहेको छ। शनिबार टेस्लाको सेयर मूल्य १६५ डलरको आसपास कामय भएको छ। यो पछिल्लो ६ महिनामा २१ प्रतिशतभन्दा बढीले घटेको छ। –एजेन्सी